मेरो गाउ गोलबजार मेरो नगरपालीका सिरहा नेपाल।

मेरो गाउ गोलबजार मेरो नगरपालीका सिरहा नेपाल।
Spread the love

प्राकृतिक धनि राष्ट्र नेपाल मा गोलबजार पनि एउटा प्राकृतिक सम्पत्ति नै हो, सुन्दर मेरो देश नेपाल हरियो बन नेपालको धन भन्ने जस्तै मेरो देश विश्व सामु चिनाउन सफल भएको अग्लो हिमाल भएको मेरो देश शान्तिको प्रतिक बुद्ध जन्मेको मेरो देश । यही देश मा भएको १४ अञ्चल ७७ जिल्ला ८ वटा प्रदेश भएको मेरो देश । मेरो गाउ  गोलबजार नगरपालीका सिरहा नेपाल मा छ जहाँ प्रेम र सद्भाव सजिलै देखन सकिन्छ.

म मेरो देश भित्र जन्मेको २ न.प्रदेश सिरहा जिल्ला गोलबजार न.पा वडाँ न. १० मा हुरके बडे र लडे । आज गर्ब लाग्छ मलाई मेरो ठाउँको जाहाँ मलाई धेरै सिक्ने र सिकाउने मौका दिनु भो । मेरो गोलबजार न.पा २ न. प्रदेशका नमुना न.ग पालिकाको नाममा पनि चिनाउन सफल भएको छ । देवनाथ शाह त्यहाँ का नगर प्रमुख हो भन्ने रेशमा कुमारी थामा उप प्रमुख हुन.

गोलबजार नगरपालीका नजिकै रहेका  गाउहरु

गोलबजार न.पा. भित्र १३ वडा पर्दछ भने जम्मा मान्छेहरु ४७७६३ जन्ना मानिसको बिभिन्न जात जातिहरुको बसोबास गरेका छन् । १२ वटा भन्दा पुजा गर्न मठ मन्दिर हरु बनेका छन् । ठुला ठुला पसलहरु मनिसको अन्तिम आवश्याक भएको सामान सजिलै पाउन सकिन्छ.

नजिकै रहेका  गाउहरु जस्तै कसहा, कल्याणपुर, मिर्चैया हरु छन् यहाँ उखु र खैनी (सुर्ती ) बढी उत्पादन हुन्छ साथि धान, गहु र मक्कै पनि अत्यधिक मात्रा मा उत्पादन हुन्छ। गोलबजार शान्त र सुन्दर ठाउँ हो जाह सहर जस्तो भागदौड कम छ।

ईलाका प्रहरी कार्यलय गोलबजारका बिभिन्न अपराधि धटना धटन नदिनका लगि २४ सै घन्टा तैनाथ गस्ती बसेका हुन्छन् । स्थास्था नै धनहो भन्ने नाराले गर्दा नेपाल सरकारले कोभिड १९ का अस्पताल समेत सञचालनमा ल्यासकेका छन् ।

मेरो गाउ  गोलबजार नगरपालीका  करिब महेन्द्र राजमार्ग देखि ३ कि.मी. उत्तर कुम्भि खडि ताल गो.न.पा. २, तेतरीया मा अवस्थित रहेको छ ।तपाईहरु पनि यो सुन्दर ठाउँ देखन आउनु होला र यो पोस्ट मैले आफ्नो ठाउँ आफ्नो गाउ को माया मा लेखेको हो हजुर आफ्नो प्रतिक्रिया अबस्य दिनु होला।

Team UllU Home Page        Click Here


Spread the love